बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदै


नेपाल पाना प्रकाशित: २०७६-५-५ गते
बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदै

काठमाडौँ । बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् । 

अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन् । अभिनेत्री सनीले भिडियो सन्देश बनाउँदै आफू नेपाल आउँदै गरेको जानकारी गराएकी हुन् ।

‘पासवर्ड’ फिल्मको निर्माण पक्षले आगामी ११ सेप्टेम्बरका दिन काठमाडौंमा ग्राण्ड प्रिमियरको आयोजना गरेको छ । भिडियो सन्देशमा अभिनेत्री सनीले फिल्मको ‘प्रोमोशनल इभेन्ट एण्ड प्रिमियर’का लागि नेपाल आउन लागेकी जानकारी गराएकी छन् । साथै सनीले फिल्म ‘पासवर्ड’को सफलता शुभकामना समेत दिएकी छन् ।

१३ सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगाएतको मुख्य भूमिका रहेको छ । फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्, भने सम्राट बस्नेतको निर्देशन गरेका हुन् ।


‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..

नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने
नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।..

नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज
नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज

काठमाडौं । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका..