प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा


नेपालपाना प्रकाशित: २०७६-५-६ गते
प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा आज क्रमशः प्रदेश २ र सुदुरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिएको छ । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देशसहित कृष्ण जन्माष्टमी पर्व मनाउन प्रदेश २ मा सार्वजनिक बिदा घोषणा गरेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गरी ‘गौरा पर्व’ का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत दिएको छ ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ ।


‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’
‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका..

‘डेंगु नियन्त्रणमा चुनौती, आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन’
‘डेंगु नियन्त्रणमा चुनौती, आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन’

काठमाडौं । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ । उ..

बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवावासभा । खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० बजे क..

बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 
बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 

काठमाडौं । मौसम प्रतिकुल भएकाले बर्षा रोकिएपछि मात्रै आरोहीहरुलाई हिमाल आरोहण गराउन पर्यटन विभागले आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले निरन्तर परिरहेको झरी अझै..