कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 


नेपाल पाना प्रकाशित: २०७६-५-६ गते
कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 

काठमाडौं । पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै नेपालसँग सहयोग मागेका हुन् । 

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत कश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन् । बिहीबार साँझ कश्मीर मामिलाको बारेमा टेलिफोन वार्ता भएको ज्ञवालीले पुष्टि गरे ।

मन्त्री ज्ञवालीले भने, ‘उहाँले मलाई फोन गरेर कश्मीर अवस्थाबारे जानकारी गराउँदै सीमा क्षेत्रमा तनाव बढेको बताउनुभयो । नेपाललले यो परिस्थितिमा आफ्नो भूमिकाको बारेमा विचार गरोस् भन्दै उहाँले पाकिस्तानी दृष्टिकोण र त्यहाँको अपडेट गराउनुभयो ।’


बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला
बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला

बाँके ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..

गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?
गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?

काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार कमिटी गठन भएकाे छ । नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा यसरी कमिटी गठन गरेपछ..