मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-५-६ गते
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ । 

पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको हो । सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच सो भागदौड भएको बताइएको छ ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो । उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ ।

घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन । कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको जन्म दिनको रुपमा उनको पूजा आराधना गरी भव्य रुपमा मनाउने गर्दछन् । भारतमा हिन्दू धर्मावलम्बीहरु विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरु आउने गर्दछन् ।


भारत स्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई म्बोधन गर्दै ट्रम्प
भारत स्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई म्बोधन गर्दै ट्रम्प

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स..

कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..

विमानस्थलमा मुस्लिमहरुको ‘प्रोफाइलिङ’ गर्न रायनएयरका सिईओको आग्रह
विमानस्थलमा मुस्लिमहरुको ‘प्रोफाइलिङ’ गर्न रायनएयरका सिईओको आग्रह

वासिङ्टन । अमेरिकाको विमानस्थलमा मुस्लिमहरुको ‘प्रोफाइलिङ’ हुने भएको छ ।  यसअघि रायनएयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओलिएरीले विमानस्थलमा मुस्लिमहरुको &..

बलिउड सुपरस्टार सलमान खानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ
बलिउड सुपरस्टार सलमान खानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका राजस्थानका कुख्यात शुटर ‘गुण्डा नाइके’ भुरा भनिने रवि मलिक पक्राउ परेका छन् । रविले सन् २०१८ म..