सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता


नेपाल पाना प्रकाशित: २०७६-५-६ गते
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

त्यस्तै सुनकोशी गाउँपालिका–७, का वडा सचिवसमेत रहेका ४५ वर्षीय चेतबहादुर कट्वाल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १ गते २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।


दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो
दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी ने..

खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए
खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए

सिमकोट । ताँजाकोट गाउँपालिका वडा नम्बर-१ को काँडा गाउँका २४ वर्षिया टेकबहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको छ । घट्ट पिस्न गए..

काठमाडौंबाट घुस रकमसहित सई पक्राउ
काठमाडौंबाट घुस रकमसहित सई पक्राउ

काठमाडौं । पाँच हजार घुससहित सई पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक-सई विपिनचन्द्र पन्तलाई पाँच ह..

यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल
यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल

काठमाडौं । कलकत्ताकी सीताकुमारी दासले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन् । जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो ।..