प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने


नेपाल पाना प्रकाशित: २०७६-५-६ गते
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।

साहले गत मंगलबार पदबाट राजीनामा दिएको भएपनि उनको राजीनामा भने स्वीकृत भएको छैन । ‘उहाँको राजीनामा आएको छ, तर स्वीकृत भएको छैन’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘उहाँले उठाउनु भएका कतिपय कुरामा पार्टी गम्भीर छ, उहाँसँग यसविषयमा कुराकानी गर्ने र सम्झाइबुझाइ गर्ने पार्टीको तयारी छ ।’

पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारणले काम गर्ने वातावरण नभएको भन्दै साहले गत मंगलबार राजीनामा दिएका थिए ।प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग तथा चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले राजीनामा बुझाएका थिए ।

स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट बनेका थिए । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अपठयारो पार्न खोजिएको बुझाइ साहको छ ।

प्रदेश सदस्यहरुको चयन गरिदाँ आफूसँग सल्लाह नगरिएको भन्दै उनी रुष्ट बनेका थिए । जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षण समेत बिना कारण नेतृत्व तहबाट रोकिएको उनी असन्तुष्ट बनेका थिए ।


मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा
मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।  पद्यकन्या..

‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’
‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका..

‘डेंगु नबढोस् भनेर लामखुट्टेश्वर महादेव स्थापना गरौं’
‘डेंगु नबढोस् भनेर लामखुट्टेश्वर महादेव स्थापना गरौं’

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको र हामीभन्दा साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण नभएको..

प्रतिबन्धित नेकपाका झापा इन्चार्ज र सेक्रेटरीसहित ५ विरुद्ध पाँच कसुरमा मुद्दा चलाइयो
प्रतिबन्धित नेकपाका झापा इन्चार्ज र सेक्रेटरीसहित ५ विरुद्ध पाँच कसुरमा मुद्दा चलाइयो

भद्रपुर । झापाका विभिन्न स्थानमा बम विस्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ुविप्लवु समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ५ जनालाई ५ कसुरमा मुद्दा च..