श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या


नेपाल पाना प्रकाशित: २०७६-५-७ गते
श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या

जनकपुरधाम । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको हत्याका लागि श्रीमती पूजाले पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको प्रहरीले पत्ता लगाएको हो ।

गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका-३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डीएसपी निशान थापाले पूजाले श्रीमान्को हत्या गराउन पूजाले आफ्नी बहिनीमार्फत पेशेवर अपराधी बोलाएको खुलेको बताए ।

श्रवणको हत्या गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गर्न शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक श्यामकृष्ण अधिकारीले पूजाले नै श्रवणको हत्या गराएको खुलेको जानकारी दिए । पूजा पक्राउ परेपछि यसबारे थप खुल्ने प्रहरीको भनाइ छ ।

श्रवणको हत्यामा संलग्नको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई शुक्रबार सार्वजनिक गरिएको हो ।

गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका-३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो । फरार रहेकी पूजाको खोजी भइरहेको डीएसपी थापाले बताए । थापाका अनुसार श्रीमान्ले पूजालाई कुटपिट, गालीगलौज गर्ने गरेका कारण हत्या गराएकी हुन् ।

यद्यपी रकमको बिषय पनि यससँग जोडिएको हुन सक्ने प्रहरीको आशंका छ । श्रवणको हत्या भएको केही दिनअघि श्रवणले आफ्नो जग्गा बिक्री गरेका थिए । उक्त रकम पूजाले आफ्नै साथमा राखेकी थिइन् । यो रकम श्रवणको हातमा नजाओस् भन्नका लागि पनि हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।


दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो
दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी ने..

खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए
खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए

सिमकोट । ताँजाकोट गाउँपालिका वडा नम्बर-१ को काँडा गाउँका २४ वर्षिया टेकबहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको छ । घट्ट पिस्न गए..

काठमाडौंबाट घुस रकमसहित सई पक्राउ
काठमाडौंबाट घुस रकमसहित सई पक्राउ

काठमाडौं । पाँच हजार घुससहित सई पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक-सई विपिनचन्द्र पन्तलाई पाँच ह..

यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल
यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल

काठमाडौं । कलकत्ताकी सीताकुमारी दासले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन् । जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो ।..