इंग्ल्याण्डविरुद्ध अस्ट्रेलिया बलियो अवस्थामा


नेपाल पाना प्रकाशित: २०७६-५-७ गते
इंग्ल्याण्डविरुद्ध अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं । इंग्ल्याण्डविरुद्धको तेस्रो एसेजमा अस्ट्रेलिया मजबुत स्थितिमा देखिएको छ । 

आफ्नो पहिलो इनिङमा १९७ रनमा अल आउट भएकोमा घरेलु टोली इंग्ल्याण्डलाई ६७ रनमै अलआउट गरेको थियो । दोस्रो इनिङमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १७१ रन बनाएको छ ।  अब दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले २८३ रनको अग्रता लिएको छ ।

अस्ट्रेलियाका लागि मार्नस लाबुसचागनेले लगातार उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले अविजित ५३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै म्याथ्यु वाडेले ३३, ट्राभिस हेडले २५, उसमान ख्वाजाले २३ र मार्कस ह्यारिसले १९ रन बनाएर आउट भए ।

इंग्ल्याण्डका बलर स्टुअर्ट बोर्ड र बेन स्टोकले २–२ विकेट लिएका छन् । पहिलो इनिङमा ६ विकेट लिएका जोफ्रा आर्चरले भने दोस्रो इनिङमा विकेटविहीन छन् ।

अस्ट्रेलियालाई पहिलो दिन १७९ रनमा समेटेको इंग्ल्याण्डले आफ्नो पहिलो इनिङमा केवल ६७ रन बनाउँदा अलआउट भएको थियो । इंग्ल्याण्डका लागि जोनी डेन्लीले बनाएको १२ रन नै सर्वाधिक रन थियो ।


च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य
च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य

काठमाडौं । च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ ।  भारतमा भइरहेको जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६..

सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने
सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने

काठमाडौं । युनिसेफको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं आइपुगेका छन् । शुक्रबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा त..

एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य
एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ ।  उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले..

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं ।  बंगलादेशमा आजदेखि शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत पहिले खेलमा अहिले नेपालले भारतविरुद्ध प्रतिष्पर्धा गरिरहेको छ ।  बंगलादेशको..