जातको आधारमा शिक्षामा अझै विभेद कायम रहेको छ: नवीना लामा


प्रकाशित: २०७६-५-७ गते
जातको आधारमा शिक्षामा अझै विभेद कायम रहेको छ: नवीना लामा

सिन्धुली । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला समिति सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको एसईई २०७५ उतिर्ण  तामाङ विद्यार्थी सम्मान कार्यक्रममा बाेल्दै प्रतिनिधिसभा सदस्य नवीना लामाले जातको आधारमा शिक्षामा अझै विभेद कायम रहेको बताएका छन् ।

विभिन्न जातजाती तथा वर्गका बिचमा रहेर मिश्रीत समाजमा हुर्केका तामाङ विद्यार्थिले पनि शिक्षामा अब्बलता हासिल गर्नुपर्ने लामाको भनाई छ । नेतृ लामाले शिक्षा हरेक नागरिकको नैसर्गीक अधिकार भएकाले शिक्षामा धनी र गरिब बिचको खाडल अन्त्य हुनुपर्नेमा जोड दिए । आफुले अनेरास्ववियुको नेतृत्वमा रहँदा शिक्षामा भएको विभेदकारी नीतिको विरुद्धमा आवाज उठाएको उनको भनाई थियो । कार्यक्रममा विद्यार्थीको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋणको व्यवस्था गर्न  आफूले महत्वपुर्ण भूमिका खेलेको लामाले स्मरण गरे ।

कार्यक्रममा ७५ जना तामाङ विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुने विद्यार्थीलाई आफ्नो जात, भाषा र पहिचानमा मात्र सिमीत नभइ अगाडी बढ्न लामाले आग्रह गरेको छ । विद्यार्थी भविष्यका उज्ज्वल नक्षत्र भएकाले समय र परिस्थीतिलाई बुझेर अध्ययन गर्न जरुरी रहेकोमा लामाले जोड दिए ।


नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..

३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !
३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !

दाङ । घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहेको तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण स..

लमजुङ्गमा भुकम्प गयो 
लमजुङ्गमा भुकम्प गयो 

बेसीशहर । लमजुङ्गलाई केन्द्रबिन्दु बनाएइर आज बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्पीय धक्का महशुस गरिएको छ   मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम..

विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 
विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४६ प..