‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक


नेपाल पाना प्रकाशित: २०७६-५-१० गते
‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। दिपक राज गिरी र दिपा निरौलाको फिल्म ‘छ माया छपक्कै’को फर्स्ट लुक्सको रुपमा एक पोस्टर सार्वजनिक भएको हो ।

सार्वजनिक पोस्टरमा केकी अधिकारी, दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे अटिएका छन्। पोष्टरमा केकीले घुम ओडि रहेकी छिन् भने दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे डोकामाथि हात राखि केकी तिर नजर लगाईरहेका छन् ।

फिल्म ‘छ माया छपक्कै’ लाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । रोहित अधिकारीको लगानी रहेको फिल्ममा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् । फिल्मको सह निर्मातामा सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी रहेका छन् ।

दिपक राज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, दिपा श्री निरौला लगायत कलाकारको अभिनय रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।


‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..

नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने
नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।..

नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज
नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज

काठमाडौं । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका..