घरबाट ननिस्कन आतंकवादीले धम्की दिएपछि कश्मीर फेरि तनावग्रस्त !


नेपालपाना प्रकाशित: २०७६-५-१४ गते
घरबाट ननिस्कन आतंकवादीले धम्की दिएपछि कश्मीर फेरि तनावग्रस्त !

काठमाडौं । भारतले विशेषाधिकार खोसेपछि उत्तेजित भएका पाकिस्तान समर्थित आतंकवादीहरुले कश्मीरका जनतालाई घरबाहिर ननिस्कन र विद्यार्थीहरुलाई विद्यालय नजान धम्की दिएका छन् । 

सम्भावित आतंकवादी हमला निमिट्यान्न पार्न भारतले भारी सैन्य तैनाथी बढाएपछि कश्मीरको अवस्था सामान्य बन्दै गएको थियो । संविधानको अनुच्छेद ३७० हटाएपछि जम्मु–कश्मीरको सुरक्षा व्यवस्था कडा बनाईएको थियो । तर आतंकवादी समूह हिजबुल्लाहले घरदेखि विद्यालयसम्म धम्की दिएपछि अवस्था तनावग्रस्त बनेको हो । 

आतंकवादीहरुले स्थानीय व्यापारीहरुलाई व्यवसाय बन्द गर्न, ड्राइभरहरुलाई ट्याक्सी नचलाउन, मानिसहरुलाई घरबाट बाहिर ननिस्कन र बालबालिकालाई विद्यालय नजान फतवाकै शैलीमा फर्मान जारी गरेका छन्। आतंकवादीहरुले एक स्थानीय व्यापारीको गोली हानी हत्या नै गरिदिएका छन् । 

हिजबुलको नामबाट जारी पत्रमा कश्मीर घाँटीका सबै बजार बन्द गर्न पसलेहरुलाई पसल नखोल्न भनिएको छ । साथै, त्यहाँ चल्ने सबै सवारीसाधनको नम्बर आफुहरुसँग रहेको दाबी गर्दै हिजबुलले सवारीसाधन नचलाउन र चलाए आफुहरुले जलाईदिने चेतावनी दिएको छ । 

विद्यालयको पठनपाठनलाई लिएर पनि आतंकवादीहरुले चेतावनी जारी गरेका छन् । सडकमा स्कुल गईरहेकी कुनै बालिका या किशोरी देखिन नहुने भन्दै हिजबुलले उनीहरुको इज्जत खतरामा भएकाले घरमै बस्नुपर्ने धम्की दिएको छ ।

कश्मीर मामिलाबाट बिच्किएका आतंकवादीहरुले आम मानिसलाई निशाना बनाउन थालेका छन् । श्रीनगरमा पहचान गुलाम मोहम्मद नाम गरेका व्यापारीको गोली हानी हत्या गरिदिएको छ भने नागरिकमा त्रास फैलाउने गतिविधी बढिरहेको छ । 

आतंकवादी गतिविधी निस्तेज तुल्याउन भन्दै अहिले कश्मीरमा भारतीय सुरक्षा बल अलर्टमा रहेको छ । भारतीय सेना प्रमुख विपिन रावत सुरक्षा अवस्थाको जानकारी लिन शुक्रबार श्रीनगर पुगेका छन् । उनी आज शनिबारसम्म त्यहाँ बस्नेछन् ।







बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा
बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा

काठमाडौं । बोलिभियाकी विपक्षी सांसद जेनी एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन् । दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरा..

बङ्लादेशमा रेल दुर्घटना, १६ जनाको मृत्यु 
बङ्लादेशमा रेल दुर्घटना, १६ जनाको मृत्यु 

ढाका । दुई ओटा रेल आपसमा जुध्दा बंगलादेशमा १६ जनाको मृत्यु भएको छ, ५० जनाभन्दा बढी घाइते भएका छन्। देशको पूर्वीक्षेत्रमा मङ्गलबार भएको यो दुुर्घटनामा ठूलो मानवीय हताहती भएक..

अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:
अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:

काठमाडौं ।  अयोध्यालाई विकास गर्न जोडजाड तयारी थालेको छ । भारतको सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाए..

बुलबुल आँधीले जनजीवन प्रभावित, ३ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्याे
बुलबुल आँधीले जनजीवन प्रभावित, ३ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्याे

बङ्गलादेश । बुलबुल आँधीका कारण आइतबार चारको मृत्यु भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्। करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार साढे ८ बजे पश्चिम बंगालबाट बङ्गलादेश..