नेपालको अर्थतन्त्र सिध्याउने चिनियाँहरुको योजना विफल, प्रहरीले हात पारे ठुलो सफलता !


नेपाल पाना प्रकाशित: २०७६-५-१५ गते
नेपालको अर्थतन्त्र सिध्याउने चिनियाँहरुको योजना विफल, प्रहरीले हात पारे ठुलो सफलता !

काठमाडौं । नेपालबाट करोडौँ रुपियाँ लुट्ने योजना बनाएर काठमाडौं छिरेका पाँच जना चिनियाँ नागरिकलाई काठमाडौं प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

१५ वटा बैंकले सञ्चालन गर्दै आएको ‘नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेडलाई चीनबाट ह्याक गरेर काठमाडौं छिरेका पाँच जना चिनियाँ नागरिक हात्तिसारमा रहेको जयनेपाल फिल्म हल नजिकै रहेको माया मनोर बुटिक होटेलमा बसेका थिए ।

उनीहरूले आउनेवित्तिकै विभिन्न एटिएमहरूबाट एक करोड ३६ लाख रुपियाँ ह्याक गरेर निकालेको प्रहरीले जनाएको छ । शनिबार एटिएमबाट अश्वभाविक रुपमा पैसा निस्किएपछि बैंकहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले टोली नै खटाएर चिनियाँ ह्याकरहरूलाई पक्राउ गरेका थिए ।

बैंकहरूले एटिएमबाट करीव पाँच करोड रुपियाँ चोरी भएको दाबी गरेका छन् । सो विषयमा प्रहरीले छानविन र अनुसन्धान शुरु गरिसकेको छ । समयमा सूचना पाउनेवित्तिकै नेपाल प्रहरीले चिनियाँ ह्याकरहरूलाई पक्राउ गरेर ठूलो रकम चोरी हुनबाट बचाएको छ ।

शुक्रबार काठमाडौं छिरेका यी पाँच जनाको चिनियाँ नागरिकहरूले चीनमै बैंक सिस्टम ह्याक गरेर योजना बनाइ पैसा निकालेर आइतबार वा सोमबारभित्र नेपाल छाड्ने योजना बनाएका थिए ।

प्रहरीले दरबारमार्गको एटिएमबाट पैसा निकालेर झोलामा राखेर निस्किएका चिनियाँ नागरिकलाई पिछा गर्दै गएर होटेलबाट थप चार जनासहित पाँच जनालाई शनिबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालमा आफ्ना हर्कत र गतिविधिलाई तिब्र बनाउँदै आएका चिनियाँ नागरिकहरूको यो कार्यले नेपालमा उनीहरूको सोँच ठीक छैन भन्ने देखाएको छ ।
केही दिन अगाडि पनि नेपाल प्रहरीले नेपाली महिलाहरूलाई विवाह गरेर चीनमा लगेर यौन शोषणमा लगाउने गरेको खुलासा भएको थियो ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..