स्थानीय तहमा सुविधायुक्त सार्वजनिक पुस्तकालय स्थापना गर्ने


नेपाल पाना प्रकाशित: २०७६-५-१५ गते
स्थानीय तहमा सुविधायुक्त सार्वजनिक पुस्तकालय स्थापना गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्‍न पुस्तकालय स्थापना गर्ने तयारी गरेको बताएका छन् । 

पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्‍न सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

१२औं पुस्तकालय दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको स्मरण गराए। मन्त्री पोखरेलले पुस्तकालय संचालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको बताए।


गणितलाई हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको चेतावनी
गणितलाई हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको चेतावनी

काठमाडौं । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरु..

भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन
भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन

काठमाडौं । भारत सरकारको सहयोगमा थानकोटस्थित अरविन्द आश्रम विद्यालयले नव निर्मित भवन पाएको छ ।  आज भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले अरविन्द आश्र..

मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण
मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण

झापा । मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ ।  शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुन..

अब प्रयोगात्मक परीक्षामा विद्यार्थीले वास्तविक अङ्क पाउने
अब प्रयोगात्मक परीक्षामा विद्यार्थीले वास्तविक अङ्क पाउने

काठमाडौँ । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ ।  राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत..