सरकारकै कारण ठगिए विद्यार्थी, कलेजले मनोमानी शुल्क असुलेको ठहर


नेपाल पाना प्रकाशित: २०७६-५-१६ गते
सरकारकै कारण ठगिए विद्यार्थी, कलेजले मनोमानी शुल्क असुलेको ठहर

काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ । 

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति बढेको औंल्याएको हो ।

समितिले मेडिकल कलेजको शुल्क विवादबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन आइतबार पारित गरेको छ । मन्त्रिपरिषद् बैठकले २६ असोज २०७५ मा मेडिकल कलेजले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएसका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

यस्तै, बीडीएसका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकिएको थियो । मन्त्रालयले शुल्क तोके पनि शुल्कको वर्गीकरण र शुल्क निर्धारण प्रक्रिया स्पष्ट नपार्दा मेडिकल कलेजले मनोमानी शुल्क असुलेको समितिको ठहर छ । राजधानी दैनिकबाट


कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ
सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ

काठमाडौँ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्सेनि लाखौं आम्दानी गर्द..

काठमाडौं उपत्यकाका चार ‘स्मार्ट सिटी’को प्रतिवेदन तयार
काठमाडौं उपत्यकाका चार ‘स्मार्ट सिटी’को प्रतिवेदन तयार

काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित..

अतिक्रमित सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता हुने
अतिक्रमित सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता हुने

सुनसरी । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै भूमाफियाले कब्जा जमाएको धरानको सर्दु जलाधार क्षेत्रको जग्..