डेङ्गु पीडितको निःशुल्क उपचार गर्न निर्देशन


नेपालपाना प्रकाशित: २०७६-५-१८ गते
डेङ्गु पीडितको निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ । 

पछिल्लो समय काठमाण्डौलगायत देशभर डेङ्गु रोग प्रकोपका रूपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई मन्त्रालयले मंगलबार यो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना डेङ्गु रोगका बिरामी उपचारत छन् । 

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अस्पतालको मंगलबार निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिए। 

उनले  डेङ्गु रोगलगायत अन्य रोगका उपचाररत बिरामीलाई भेट गरी सेवाका बारेमा जानकारीसमेत लिएका थिए ।  अस्पतालमा मंगलबार मात्र ५२२ जनाले डेङ्गु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिए । रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ । 

उनले भने, “अस्पतालले आजदेखि छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न सुरु गरेका छौँ ।” 

यही अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेङ्गु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए ।


कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

हुम्लामा आठजनाको ज्यान जाने गरी लागेको रुघा र ज्वरो 'कोरोना' त होइन ? 
हुम्लामा आठजनाको ज्यान जाने गरी लागेको रुघा र ज्वरो 'कोरोना' त होइन ? 

काठमाडौं : चीनको वुहान प्रान्तबाट विश्वभर नोबेल कोरोना भनिने प्राणघातक भाइरस फैलिरहँदा नेपालको हुम्लामा ज्वरो र रुघाको महामारीले एक हप्तामै आठ जनाको ज्यान लिएको छ।&n..

चीनबाट फर्केका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई 'कोरोना'ले भेटेको आशंका
चीनबाट फर्केका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई 'कोरोना'ले भेटेको आशंका

काठमाडौं : चीनबाट फर्किएका दुई नेपाली र एक अमेरिकी नागरिकलाई प्राणघातक नोबेल कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। यसअघि नै नेपालमा दुईजनालाई कोरोना संक्रमण भएको..

कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो
कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो

काठमाडौं : आफ्नै भूमीबाट फैलिएको नोबेल कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल भएको छ। बेलायतस्थित शोधकर्ताहरुको समूहले यो भाइरस चीनले नियन्त्रण गर्न नसक्ने बताइदिएका छन्।&n..