विद्यालयमा भएको तालाबन्दीले परीक्षा नै स्थगित भएपछि अभिभावक आन्दोलीत, बजार बन्द


नेपाल पाना प्रकाशित: २०७६-५-१८ गते
विद्यालयमा भएको तालाबन्दीले परीक्षा नै स्थगित भएपछि अभिभावक आन्दोलीत, बजार बन्द

सर्लाही । हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयमा शिक्षक सहमति विवाद हुँदा ८ दिनदेखि विद्यालयको पठनपाठन बन्द भएको छ ।

अन्यत्रबाट सरुवा भएर आउन चाहेका एक जना शिक्षकलाई विद्यालयमा सहमति दिने कि नदिने भन्ने विषयमा सुरु भएको विवादले राजनीतिक संरक्षण पाउँदा विवाद समाधान हुन नसकेको बताइएको छ ।

२ पक्षबीच विवाद हुँदा अघिल्लो मंगलबारदेखि विद्यालयमा तालाबन्दी भएको थियो । विद्यालयमा राजनीतिक लडाइँ हुँदा प्रथम त्रैमासिक परीक्षा नै स्थगित भएको छ । जारी तालाबन्दी कायमै रहँदा अभिभावक र विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।

विवाद समाधान गर्न केही दिनअघि सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिमा सर्वपक्षीय छलफल गरिए पनि कुनै सहमति जुट्न सकेन । त्यसपछि विवादमा संलग्न पक्षबीचको झनझन् विवाद बढ्दै गएको छ ।

विद्यालयको विवाद समाधान गरी पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै बुधवार स्थानीयले बिहानैबाट हरिपूर्वा बजार बन्द गराएको स्थानीयले जानकारी दिए ।

विद्यालय क्षेत्रमा शान्ति कायम गरी बन्द, हड्ताल हुन नपर्नेमा पछिल्लो समय यसरी राजनीतिक दलले विवादको थलो बनाउँदा हरिपूर्वाका स्थानियले चिन्ता व्यक्त गरेका हुन् ।


रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..