एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने


नेपाल पाना प्रकाशित: २०७६-५-१८ गते
एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति यही २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएसँगै प्रवेश परीक्षा पूर्वनिर्धारित मितिमै गर्नका लागि ताला खुलाइएको बताइएको छ ।

यसअघि शिक्षासम्बन्धी विभिन्न माग राखी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियु र विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए । चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनको चरणमा रहेको भन्दै शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको भोलिपल्टै प्रहरीले ताला खुलाएको हो । चिकित्सा शिक्षा ऐनले ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सुनिश्चित गरे पनि नियमावली नबनेको, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नभएकोलगायतका कारण तत्काल विद्यार्थीहरुको कतिपय माग कार्यान्वयन गर्न नसकिने शिक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।


एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने
एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को प्रवेश परीक्षा यहि असोज ३, ५,६ र ७ गते हुने भएको छ ।  गत आइबार सर्वोच्चले परी..

रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..

‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।  ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं र..