ग्रीन जोनमा छन् नेपाली, अफगानिस्तान मामिला कसले हेर्छ ? 


नेपाल पाना प्रकाशित: २०७६-५-१९ गते
ग्रीन जोनमा छन् नेपाली, अफगानिस्तान मामिला कसले हेर्छ ? 

काठमाडौं १९ भदौ । अफगानिस्तानको काबुलमा सोमबार राति भएको विस्फोटमा परेर ज्यान गुमाएका चन्द्रबहादुर पुनमगरका आफन्त दिल पुन रोजगारीका क्रममा दुबईमा छन् ।

बाहिरी जानकारी र सम्पर्क सूत्रमा पहुँच राख्ने उनले दुई दिन यता ज्वाइँ चन्द्रबहादुरको शव फिर्ता ल्याउन र क्षतिपूर्तिसहितका प्रक्रियाबारे जानकारी लिन इस्लामाबाद तथा दिल्लीस्थित नेपाली दूतावासलाई दोहो¥याएर इमेल गरेका छन्, फोन गरिरहेका छन् । तर, दुवै दूतावासले कुनै जवाफ फर्काएका छैनन् ।

उनले चन्द्रबहादुरसँगै अर्का मृतक चितवनका कृष्ण थापाबारे पनि सरोकार राखेर दूतावासहरुको ध्यानाकर्षण गराएका छन् । तर कुनै पनि जवाफ आएको छैन । सोमबार विस्फोटका टार्गेटमा परेको ग्रिन भिलेजका सुरक्षा प्रवन्धक टेकजंग मल्लाका ग्रीन भिलेजमा रहेका नेपाली सबै सुरक्षित रहेको बताएका छन् ।

सुरक्षा प्रबन्धकको काम गरेर फर्केका प्रकाश केसीका अनुसार कबुलमा रहेका बेलायत, अमेरिकी, जर्मनी र राष्ट्रसंघीय कार्यालयमा अधिकांश सुरक्षाकर्मी नेपाली छन् । उनका अनुसार बेलायती नियोगमा ३५०, अमेरिकीमा ११ सय, जर्मनमा ७० र राष्ट्रसंघीय कार्यालयमा झन्डै १ हजार नेपाली सुरक्षाकर्मी छन् । कान्तिपुर दैनिक


कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ
सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ

काठमाडौँ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्सेनि लाखौं आम्दानी गर्द..

काठमाडौं उपत्यकाका चार ‘स्मार्ट सिटी’को प्रतिवेदन तयार
काठमाडौं उपत्यकाका चार ‘स्मार्ट सिटी’को प्रतिवेदन तयार

काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित..

अतिक्रमित सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता हुने
अतिक्रमित सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता हुने

सुनसरी । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै भूमाफियाले कब्जा जमाएको धरानको सर्दु जलाधार क्षेत्रको जग्..