कश्मीरबारे पाकिस्तानी प्रोपोगाण्डा, पोर्नस्टारको फोटो राख्दा आफ्नै बदनामी !


नेपालपाना प्रकाशित: २०७६-५-२० गते
कश्मीरबारे पाकिस्तानी प्रोपोगाण्डा, पोर्नस्टारको फोटो राख्दा आफ्नै बदनामी !

काठमाडौं । भारतका लागि पाकिस्तानी पूर्व उच्चायुक्त अब्दुल बासितले ट्वीटरमा पोर्नस्टारको फोटो राख्दै कश्मीरमा भारतले पैलेट गन हमला गरेको बताएका छन् । 

अश्लिल अर्थात निलो चलचित्र (ब्लु फिल्म) खेल्ने यौनकर्मीले यौन आशनको अभिनय गर्ने क्रममा खिचेको फोटो राख्दै अब्दुलले त्यसलाई भारतले कश्मीरीमाथि गरेको अन्यायका रुपमा अर्थ्याएका छन् । 

पैलेट गनका कारण अनन्तनागका एक व्यक्तिले दृष्ट्रि गुमाउन लागेको उल्लेख गरेका अब्दुलले फोटो चाहिँ निलो चलचित्रकी नायिकाको राखेका हुन् । अब्दुलको यो गल्तीलाई लिएर विद्युतीय सामाजिक सञ्जालमा खेदो खनिएको थियो । लगत्तै अब्दुलले सो ट्वीट हटाएका थिए ।

एकजना ट्वीटर प्रयोगकर्ताले अब्दुलको यो गलत ट्वीटको स्क्रीनसट शेयर गरेकी छिन् । सो ट्वीटमा उनले कश्मीरी युवाका नाममा अब्दुलले अमेरिकी पोर्नस्टार जोनी सिन्सको तस्बीर शेयर गरेको जानकारी दिएकी छिन् । 

कश्मीरलाई लिएर पाकिस्तानी अधिकारीहरुले अफवाह फैलाएको यो पहिलोपटक भने होईन । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानले बारम्बार गलत समाचार (फेक न्युज) प्रकाशन÷प्रसारण गरिरहेको छ ।


कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित

चीन । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ भने दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्य..

श्रीलङ्कामा मुसलमानमाथि कडाई, मदरसाको पाठ्यक्रम नै बदल्ने तयारी
श्रीलङ्कामा मुसलमानमाथि कडाई, मदरसाको पाठ्यक्रम नै बदल्ने तयारी

काठमाडौं : श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षले देशभरका सबै मुसलमानका धार्मिक पाठशाला (मदरसा) दर्ता गराउन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन्।  मुस्ल..

कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो
कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो

काठमाडौं : आफ्नै भूमीबाट फैलिएको नोबेल कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल भएको छ। बेलायतस्थित शोधकर्ताहरुको समूहले यो भाइरस चीनले नियन्त्रण गर्न नसक्ने बताइदिएका छन्।&n..

ब्राजिलमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४  पुग्यो
ब्राजिलमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४  पुग्यो

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्..