भोली शनिवारबाट दूधको मूल्य ६ रुपैयाँले बढ्ने


नेपाल पाना प्रकाशित: २०७६-५-२० गते
भोली शनिवारबाट दूधको मूल्य ६ रुपैयाँले बढ्ने

काठमाडौं । भोली शनिवारबाट लागूहुने गरि सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।

सरकारले दूधको मुल्य बढाउने बारे अध्ययन गर्न २ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनाएको थियो ।

मुल्य बढाउने बारे अध्ययन गर्न बनाईएको उक्त कार्यदलले प्रतिलिटर १० रुपैया बढाउन सिफारिस गरेपनि अहिलेलाई ६ रुपैयाँ बढेकोे हो । कार्यदलले कम दूध उत्पादन हुने सिजनमा १० रुपैयाँ र अत्याधिक उत्पादन हुने सिजनमा ५ रुपैयाँ बढाउन सकिने उल्लेख गरेको थियो ।

कृषि तथा पशुपन्छी मन्त्रालयले विहिबार दूधको मूल्य बढाउने निणर्य गरी कार्यान्वयनकालागि डिडिसीलाई पत्र पठाई सकेको छ । 

यसअधि प्रतिलिटर ७० रुपैयाँ तिर्दे आएका उपभोक्ताले शनिवारबाट भने प्रतिलिटर ७६ रुपैयाँ तिर्नु पर्ने भएको छ ।यसअधि २०७४ भदौ १ मा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो । आजको सौर्य दैनिकमा खवर छ ।


३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !
३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !

दाङ । घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहेको तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण स..

मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !
मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्..

संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !
संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संविधान दिवसका लागि सरकारले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी नहुने भएका छन्। नेपालको संविधान जारी भएको ३ असो..

बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा..