भारतले पठाएको चन्द्रयान–२ हरायो, हिम्मत नहार्न मोदीको आग्रह


नेपालपाना प्रकाशित: २०७६-५-२१ गते
भारतले पठाएको चन्द्रयान–२ हरायो, हिम्मत नहार्न मोदीको आग्रह

काठमाडौं । भारतले चन्द्रमाको दक्षिणी धु्रवमा पठाएको चन्द्रयान–२ ल्याण्डरसँग सम्पर्क विच्छेद भएको छ । चन्द्रमाको सतहमा उत्रनभन्दा केही समयअघि विक्रम ल्याण्डरसँग चन्द्रयान–२ को सम्पर्क टुटेको हो ।

सम्पर्क टुट्नुअघि यो चन्द्रयान चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढा मात्रै थियो । चन्द्रमाको सतहमा अवतरण हुनै लाग्दा चन्द्रयान हराएपछि भारतीय अन्तरिक्ष बैज्ञानिकहरु चिन्तित बनेका छन् । 

शनिबार बिहान १ देखि साढे २ बजेको बीचमा भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा अवतरण हुनुपर्ने थियो । प्रधानमन्त्री नरेन्द्र मोदी पनि चन्द्रयान अवतरणको दृश्य हेर्न बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को कार्यालयमा पुगेका थिए । चन्द्रयान सम्पर्क विच्छेद भएपछि उनले वैज्ञानिकहरुलाई हिम्मत नहार्न ढाडस दिएका थिए । 

चन्द्रमामा सफलतापूर्वक यान पठाउने चौथो मुलुक बन्ने भारतको लक्ष्यमा पनि चन्द्रयान–२ को असफलताले समस्या थपिदिएको छ । यद्यपीः भारतीय वैज्ञानिकहरुले ल्याण्डरसँग सम्पर्क स्थापित गर्न खोजिरहेका छन् ।


कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित

चीन । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ भने दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्य..

श्रीलङ्कामा मुसलमानमाथि कडाई, मदरसाको पाठ्यक्रम नै बदल्ने तयारी
श्रीलङ्कामा मुसलमानमाथि कडाई, मदरसाको पाठ्यक्रम नै बदल्ने तयारी

काठमाडौं : श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षले देशभरका सबै मुसलमानका धार्मिक पाठशाला (मदरसा) दर्ता गराउन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन्।  मुस्ल..

कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो
कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो

काठमाडौं : आफ्नै भूमीबाट फैलिएको नोबेल कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल भएको छ। बेलायतस्थित शोधकर्ताहरुको समूहले यो भाइरस चीनले नियन्त्रण गर्न नसक्ने बताइदिएका छन्।&n..

ब्राजिलमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४  पुग्यो
ब्राजिलमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४  पुग्यो

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्..