युरो कप छनोट : नेदरल्याण्ड्सले जर्मनीलाई हरायो


नेपालपाना प्रकाशित: २०७६-५-२१ गते
युरो कप छनोट : नेदरल्याण्ड्सले जर्मनीलाई हरायो

काठमाडौं । युरो कप छनोटअन्तर्गत आज राती भएको खेलमा नेदरल्याण्ड्सले जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । 

समूह सी अन्तर्गतको खेलमा जर्मनीले नौ मिनेटमै नाब्रीले गोलमार्फत अग्रता लिएको थियो । तर यो दोस्रो हाफमा डच टोलीले जर्मनीको पोष्टमा ४ गोल गर्दा जर्मनले जम्मा १ गोलमात्र फर्काउन सक्यो ।  

नेदरल्याण्ड्सका लागि खेलको ५९ औं मिनेटमा डी जोङले गोल गरे भने जर्मनीका ताहले आत्मघाती गोल गर्दा ६६ औं मिनेटमा डच टिमले उपहार गोल पायो । 

७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल दुई–दुईको बराबरीमा पुगेको थियो । ७९ औं मिनेटमा मलिनले फेरि डच टिमका लागि तेस्रो गोल गर्दा खेल तीन–दुईको अवस्थामा पुग्यो । खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो ।

तर त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ ।


च्याम्पियन्स लिग : बार्सिलोना र डर्टमण्डबीच गोलरहित बराबरी
च्याम्पियन्स लिग : बार्सिलोना र डर्टमण्डबीच गोलरहित बराबरी

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत गएराती भएको समूह चरणको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा रोकिएको छ । डर्टमण्डले घरेलु मैदानमा पाहु..

सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 
सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ ।  टस हारेर पहिले ब..

ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 
ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 

काठमाडौं । दुई पटकका फिफा बर्ष खेलाडी एवं सन् २००२ मा विश्वकप जित्दा ब्राजिली टीमका महत्वपूर्ण सदस्य रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन्  ।  सन् २०१८ को जनवरीम..

विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो
विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकप २०२० को छनोट प्रतियोगितामा विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बरारीमा रोकिएको छ ।  गएराती भएको खेलमा क्रोयशियाका लागि ११ औं मिनेटमै कप्तान लुका म..