पाकिस्तानी सेनाप्रमुखले भने– 'कश्मीर इस्लामावादको अधुरो एजेण्डा हो'


नेपालपाना प्रकाशित: २०७६-५-२१ गते
पाकिस्तानी सेनाप्रमुखले भने– 'कश्मीर इस्लामावादको अधुरो एजेण्डा हो'

काठमाडौं । पाकिस्तानी सेनाप्रमुख कमद जावेद बाजवाले कश्मीर पाकिस्तानको अधुरो एजेण्डा भएको बताएका छन् । 

संयुक्त राष्ट्रासंघीय सुरक्षा परिषदबाटै समाधान नभएसम्म कश्मीरको विषय अधुरो नै रहने बाजवाको भनाई छ । सेनाप्रमुखले नै कश्मीरबारे संयुक्त राष्ट्रसंघ निर्णायक हुने बताएपछि भारतविरुद्ध पाकिस्तानी वक्तव्यबाजी असफल जस्तै सावित भएको छ । 

रावलपिण्डीमा ५४औं रक्षा दिवस समारोहलाई सम्बोधन गर्दै पाकिस्तानी सेनाप्रमुख बाजवाले कश्मीर आफुहरुको गर्धनको नशा भएको र आफुहरुले कश्मीर तथा कश्मिरीहरुलाई एक्लै नछाड्ने दाबी गरे । अन्तिम गोली र अन्तिम सिपाही भएसम्म पाकिस्तानले कश्मीरका लागि लडिरहने बाजवाले बताए ।

कश्मीरमा परिचालित भारतीय सैनिक । 

शुक्रबार नै पाकिस्तानी प्रधानमन्त्री इमरान खान सेनाप्रमुख बाजवासँग नियन्त्रण रेखा (लाईन अफ कन्ट्रोल–एलओसी) गएका थिए । खानले सिमामा खटिएका जवानहरुसँग भेटघाट गरेको पाकिस्तानी सेनाले जानकारी दिएको छ । 

भारतले जम्मु–कश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरी केन्द्रीय शासन लागु गरेपछि कश्मीरलाई लिएर पाकिस्तान क्रुद्ध बनिरहेको छ ।


हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था
हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था

हङकङ । हङकङमा मंगलबार बिहानै रेल दुर्घटना भएको छ ।  एमटीआर कर्पोरेसन संचालक रहेको एक रेल मंगलबार बिहानै लिग बाहिर खसेर दुर्घटनामा परेको एससीएमपीले जनाएको छ । रेल दुर्घ..

यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 
यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 

इस्लामावाद । कार लगेर पैसा नदिएपछि पाकिस्तानी रेलमन्त्री शेख राशिद अहमदले संसद भवनमै बेइज्जती सहनुपरेको छ । विद्युतीय सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको भिडियो फुटेजमा नुर र..

ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..