श्रीलंकाली क्रिकेटर लासिथ मालिंगाले एकै खेलमा चारवटा रेकर्ड बनाए


नेपालपाना प्रकाशित: २०७६-५-२१ गते
श्रीलंकाली क्रिकेटर लासिथ मालिंगाले एकै खेलमा चारवटा रेकर्ड बनाए

काठमाडौं । श्रीलंकाका भेट्रान बलर लासिथ मालिङ्गाले एकै खेलमा चारवटा कीर्तिमान बनाएका छन् । न्यूजिल्याण्डसँगको तेश्रो ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मालिङ्गाले ४ बलमा लगातार ४ विकेट लिए । यो विकेटसँगै उनी दुईपटक ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

साथै,  ट्वान्टी–ट्वान्टी क्रिकेटमा एक सय विकेट लिने पहिलो खेलाडी  पनि मालिङ्गा नै बनेका छन् । उनले हालसम्म खेलेका ट्वान्टी–ट्वान्टीका ७६ खेलमा १ सय ४ विकेट लिएका छन् । 

एकदिवसीय क्रिकेटमा तीन ह्याट्रिक गर्ने मालिङ्गा एक मात्र खेलाडी हुन् । अहिलेसम्म कुनै क्रिकेटरले ट्वान्टी–ट्वान्टीमा समेत गरी समग्रमा ५ पटक ह्याट्रिक गर्न सकेका छैनन् । 

न्यूजिल्याण्डसँग भएको खेलको तेश्रो ओभरको तेश्रो, चौथो, पाँचौँ र छैटौँ बलमा मालिङ्गाले लगातार विकेट लिए । तेश्रो ओभरको तेश्रो बलमा ओपनर कोलिन मुनरोलाई आउट गरेका मालिङ्गाले चौथो बलमा हमिश राउटफोर्डलाई पेबिलियनको बाटो देखाए । पाँचौँ बलमा कोलिन डी ग्राण्डहोमलाई आउट गर्दै ह्याट्रिक पूरा गरे ।

उनी यतिमै रोकिएनन् र ओभरको अन्तिम बलमा रोस टेलरलाई पनि एलबीडब्ल्यू धरापमा पारे । मालिङ्गाले अन्तराष्ट्रिय क्रिकेटमा लगातार ४ बलमा ४ विकेट लिएका यो दोश्रो पटक हो । यो उपलब्धि हासिल गर्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् ।

मालिङ्गाले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गरेको यो पाँचौ पटक हो । यो उपलब्धि पनि अरु कुनै बलरले हात पार्न सकेका छैनन् । एकदिवसीय क्रिकेटमा तीनवटा ह्याट्रिक गर्ने पनि मालिङ्गा एकमात्र बलर हुन् ।

श्रीलंकाको पाल्लाकेलेमा शुक्रबार राति भएको न्यूजिल्याण्डसँगको खेलमा ४ ओभर बलिङ गरेका मालिङ्गाले जम्मा ६ रन मात्र दिएर पाँच विकेट लिए । कप्तान मालिङ्गाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलकाले न्यूजिल्यान्डसँगको तेश्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेट ३७ रनले जितेको छ ।

१ सय २६ रनको सामान्य लक्ष्य भए पनि न्यूजिल्याण्डलाई १६ ओभरमा ८८ रनमा अलआउट गर्दै श्रीलंका विजयी भएको हो ।


नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

सन्दीप आवद्ध बार्बाडोसले जित्यो सीपीएलको उपाधि
सन्दीप आवद्ध बार्बाडोसले जित्यो सीपीएलको उपाधि

काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछाने अनुबन्धित बार्बाडोस ट्रिडेन्टले क्यारेवियन प्रिमियर लिग (सीपीएल)को उपाधि जितेको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा आइतबार स..

दौड जितेर अनिष बने लिगलिगकोटको राजा
दौड जितेर अनिष बने लिगलिगकोटको राजा

गोरखा । पर्वतका अनिष थापाले दशौं लिगलिगे दौडको उपाधि हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापाले उपाधि जितेका हुन् । दौड जितेसँगै अनिषलाई बिह..

त्रिकोणात्मक क्रिकेटमा जिम्बाबेसँग बदला लिँदै नेपाल
त्रिकोणात्मक क्रिकेटमा जिम्बाबेसँग बदला लिँदै नेपाल

काठमाडौं । सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत नेपालले आज जिम्बाबेसँग दोस्रो खेल खेल्दैछ। यसअघि भएको पहिलो खेलमा जिम्बाबेले नेपाललाई ५ विकेटले..