टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी


नेपालपाना प्रकाशित: २०७६-५-२१ गते
टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन्।

शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभामा भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन्। थापा सत्तारुढ (ने.क.पा.) निकट हुन् । 

अध्यक्षमा विजयी सुवेदीले ५२१ मत प्राप्त गरे भने पराजित थापाले ४३८ मत हात पारे । महासचिवमा थापा समुहकी सरिता लामाले कर्मा शेर्पालाई १३ मतले पराजित गरिन् । 

दुवै प्यानलबाट मिश्रित रुपमा उम्मेदवारहरुले जितेको टानको नयाँ कार्यसमितिमा  सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन्। यस्तै, कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

महिला सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् भने सदस्यमा पनि थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।


नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..

३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !
३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !

दाङ । घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहेको तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण स..

लमजुङ्गमा भुकम्प गयो 
लमजुङ्गमा भुकम्प गयो 

बेसीशहर । लमजुङ्गलाई केन्द्रबिन्दु बनाएइर आज बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्पीय धक्का महशुस गरिएको छ   मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम..

विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 
विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४६ प..