आजदेखि प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ, प्रतिलिटरमा ६ रूपैयाँ बढ्यो


नेपालपाना प्रकाशित: २०७६-५-२१ गते
आजदेखि प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ, प्रतिलिटरमा ६ रूपैयाँ बढ्यो

काठमाडौं । आजदेखि प्रतिलिटर दुधको मूल्य ७६ रुपैयाँ पुगेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज (शनिबार) देखि लागु हुने गरी प्रतिलिटर दुधको मूल्य ६ रुपैयाँले बृद्धि गरेको हो ।

बढेको ६ रुपैयाँमध्ये ४ रुपैयाँ १६ पैसा किसान र १ रुपैयाँ ८४ पैसा दुग्ध डेरीले पाउनेछन् । दुग्ध विकास संस्थान (डीडीसी) ले शनिबारदेखि नै ७६ रुपैयाँ प्रतिलिटरका दरले दुध बेचिरहेको छ । 

यसअघि सरकारले दुधको मूल्य बढाउन एक अध्ययन कार्यदल नै गठन गरेको थियो । सो कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सुझाव दिएको थियो । 

तर, सरकारले भने सबैतिर एकै मूल्य कायम हुनेगरी प्रतिलिटर ६ रुपैयाँका दरले दुधको मूल्य बढाएको हो । यसअघि प्रतिलिटर दुधको मूल्य ७० रुपैयाँ थियो ।


रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..