अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी १२ लडाकू मारिए


नेपाल पाना प्रकाशित: २०७६-५-२१ गते
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी १२ लडाकू मारिए

अफगानिस्तान । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी १२ लडाकू मारिएका छन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो । सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि सैन्य प्रवक्ता रेजाईले बताए ।

उनले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको दाबी पनि गरे । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन । तालिबान लडाकूहरुले पछिल्लो दश दिनमा उत्तरी क्षेत्रको बाल्ख, कुन्दुज, बाघ्लान र पश्चिमी क्षेत्रका केही ठाउँमा आफ्ना गतिविधिहरु बढाएका थिए ।


हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था
हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था

हङकङ । हङकङमा मंगलबार बिहानै रेल दुर्घटना भएको छ ।  एमटीआर कर्पोरेसन संचालक रहेको एक रेल मंगलबार बिहानै लिग बाहिर खसेर दुर्घटनामा परेको एससीएमपीले जनाएको छ । रेल दुर्घ..

यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 
यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 

इस्लामावाद । कार लगेर पैसा नदिएपछि पाकिस्तानी रेलमन्त्री शेख राशिद अहमदले संसद भवनमै बेइज्जती सहनुपरेको छ । विद्युतीय सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको भिडियो फुटेजमा नुर र..

ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..