अफगान शान्ती सम्झौताबाट अमेरिका पछि हट्यो, ट्रम्प तालिवानसँग क्रुद्ध !


नेपालपाना प्रकाशित: २०७६-५-२२ गते
अफगान शान्ती सम्झौताबाट अमेरिका पछि हट्यो, ट्रम्प तालिवानसँग क्रुद्ध !

काठमाडौं । अमेरिकाले अफगाननिस्तानमा विद्रोही तालिवानसँग भएको शान्ती सम्झौताबाट आफु अलग भएको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग भएको शान्ती सम्झौताबाट आफु पछि हट्ने घोषणा गरेका हुन् । 

आईतबार (आज) ट्रम्पले तालिबान नेता र अफगान राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिँदै थिए । तर एक ट्वीट गर्दै ट्रम्पले यो भेटघाटलाई रद्द गरिदिएका छन् । 

बिहिबार काबुलमा भएको कार बम हमलामा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएपछि अमेरिका क्रुद्ध बनेको छ । यो हमलाको जिम्मेवारी तालिबानले लिएको छ । 

कतारमा अफगान सरकार र अमेरिकासँग शान्तीवार्ता गर्न जाँदै गरेका तालिवान नेताहरू

गत सोमबार मात्रै अफगानिस्तानका लागि अमेरिकाका विशेष राजदुत जल्मे खलीलजादले तालिबानसँग एक सैद्धान्तिक शान्ती सम्झौता भएको घोषणा गरेका थिए । 

प्रस्तावित शान्ती सम्झौताअनुसार अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४०० सैनिक फिर्ता लैजानुपर्नेछ । यद्यपीः यो सम्झौताबारे अन्तिम निर्णय पनि डोनाल्ड ट्रम्पले नै लिनुपर्ने थियो । 

पछिल्लो कार बम हमलासँगै अफगानिस्तानमा तालिबानसँग वार्ता गरेपनि आउँदा दिनमा हिंसा बन्द नहुने विश्लेषण गरिएको थियो ।  २००९ मा अमेरिकी सैन्य अभियानपश्चात अहिले फेरि अफगानिस्तानको एक ठूलो हिसा चरमपन्थीहरुको नियन्त्रणमा पुगेको छ । 

अमेरिकाको कठपुतली रहेको भन्दै तालिबानले अफगान सरकारसँग वार्ता गर्न मानिरहेको छैन । तर अमेरिकासँग भने तालिबानले कतारमा नौ पटकसम्म वार्ता गरिसकेको छ । 

तालिबानसँगको प्रस्तावित शान्ती सम्झौतामा अमेरिकी सैनिक त्यहाँबाट फिर्ता हुने र त्यसो भएमा अमेरिका र उसको सहयोगीविरुद्ध हमला गर्न अफगान भूमी कहिल्यै प्रयोग गर्न नदिने उल्लेख थियो । 

हतियार बुझाउँदै तालिबान लडाकु ।

यदि अमेरिकासँग तालिबानले सम्झौता गरेमा फेरि पनि तालिबानको प्रतिबन्धित शासन लागु हुनेमा आम मानिसहरु सशंकित छन् । तालिबानले १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो । 

अमेरिकी नेतृत्वमा सन् २००१ देखि अमेरिकी नेतृत्वमा भएको सैन्य अभियानका क्रममा अन्तर्राष्ट्रिय गठबन्धन सेनाका करिब ४५०० सदस्यको ज्यान गईसकेको छ, जसमध्ये ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या २३०० भन्दा बढी छ । 

अफगानिस्तानमा आम मानिस, चरमपन्थी र सुरक्षाकर्मीहरुको मृत्युको संख्या अनुमान गर्न निकै कठिन छ । सन् २०१९ मा संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गर्दै अफगानिस्तानमा ३२,००० भन्दा बढी आम मानिसको ज्यान गएको जनाएको छ । 

ब्राउन युनिभर्सिटीअन्तर्गतको वाटसन ईन्स्टिच्युटले अफगानिस्तानमा ५८,००० सुरक्षाकर्मी र ४२,००० विद्रोहीहरु मारिएको तथ्यांक सार्वजनिक गरेको छ ।
 


गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु
गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको..

सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

सुडान । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् ।   कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय..

सेनाको चौकीमा आक्रमण, २३ जना मारिए
सेनाको चौकीमा आक्रमण, २३ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिह..

भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 
भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 

नयाँ दिल्ली । छत्तीसगढको माओवाद प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको एक क्याम्पमा आपसी गोलाबारीमा ६ जवानको मृत्यु भएको छ ।   नारायणपुरका एसपी..