इरानी रिभोल्युश्नरी गार्डले १२ चालकसहित अर्को तेल जहाज कब्जामा लियो


नेपालपाना प्रकाशित: २०७६-५-२२ गते
इरानी रिभोल्युश्नरी गार्डले १२ चालकसहित अर्को तेल जहाज कब्जामा लियो

तेहरान । खाडीतर्फ गैरकानुनीरूपमा इन्धन आपूर्तिमा संलग्न भएको आरोपमा इरानी सामुद्रिक सुरक्षा गार्डले पुनः अर्को एक जहाजलाई कब्जामा लिएको छ ।

इरानले कार्गो बोक्ने उक्त पानीजहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई आफ्नो नियन्त्रणमा लिएको 'इकोफार' समाचार संस्थाले जनाएको छ। नियन्त्रणमा लिइएका चालक दलका सबै सदस्य फिलिपिनी नागरिक रहेका जनाइएको छ।

जहाजमा दुई लाख ८३ हजार ९ सय लिटर डिजेल रहेको र नियन्त्रणमा लिइएको इन्धनसहितको जहाज र चालक दलका सदस्य सबैलाई आवश्यक कानुनी कारबाहीका लागि इरानी न्यायालयमा मुद्दा दायर भएको पनि इकोफारले जनाएको छ। 

इरान र अमेरिकाबीचको बढ्दो तनाबबीच इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ जाँदै गरेको कार्गो जहाजलाई नियन्त्रणमा लिएका हुन्।

अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी र चीसहित विश्वका छ प्रमुख शक्ति राष्ट्रले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसलाई गत वर्षको मेदेखि अमान्य घोषणा गरेको थियो।

सम्झौताअनुसार इरानले आफ्नो आणविक शक्तिलाई कटौती गर्ने तथा सम्झौतामा सामेल भएका मुलुकहरूले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई हटाउने उल्लेख भएको थियो। तर, अमेरिकाले गत वर्ष सम्झौता आफूलाई मान्य नभएको घोषणा गरेपछि अमेरिकाले इरानमाथि सम्झौतापूर्व लगाउँदै आएको आर्थिक नाकाबन्दीलाई पुनः निरन्तरता दिँदा अमेरिका र इरानबीच राजनीतिक तनाव सिर्जना भएको छ।

इरानले सम्झौतामा सामेल भएका अन्य मुलुक पनि सम्झौताप्रति जिम्मेवार बन्न र अमेरिकी निर्णयका कारण इरानलाई परेको समस्यामा साथ दिन आग्रह गर्दै आएको छ भने उनीहरूले सम्झौतालाई जोगाउनुको विकल्प नरहेको बताउँदै आएका छन्।

पछिल्लो समय अमेरिका–इरानबीचको राजनीतिक तनावका कारण इरानले आफ्नो सामुद्रिक क्षेत्रको प्रयोग गर्दै विभिन्न देशमा जाने इन्धन बोक्ने जहाजहरूलाई कब्जामा लिँदै आएको छ भने केहीलाई अनुसन्धानपछि छोडिदिएको छ।


हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था
हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था

हङकङ । हङकङमा मंगलबार बिहानै रेल दुर्घटना भएको छ ।  एमटीआर कर्पोरेसन संचालक रहेको एक रेल मंगलबार बिहानै लिग बाहिर खसेर दुर्घटनामा परेको एससीएमपीले जनाएको छ । रेल दुर्घ..

यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 
यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 

इस्लामावाद । कार लगेर पैसा नदिएपछि पाकिस्तानी रेलमन्त्री शेख राशिद अहमदले संसद भवनमै बेइज्जती सहनुपरेको छ । विद्युतीय सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको भिडियो फुटेजमा नुर र..

ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..