ट्याक्टरले किच्दा आगँनमा बसिरहेका किशोरको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-५-२२ गते
ट्याक्टरले किच्दा आगँनमा बसिरहेका किशोरको मृत्यु

तुलसीपुर । दाङमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६, गोलौरामा ट्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनिल विकको मृत्यु भएको हो।

शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनिललाई रा१त २६३१ नंको ट्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७..

रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं । नेपालमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।  योसंगै नेपालम..