बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर


नेपाल पाना प्रकाशित: २०७६-५-२२ गते
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा परेको ऋणीको संख्या आर्थिक बर्ष २०७५–७६मा अधिल्लो आर्थिक बर्षको तुलनामा शतप्रतिशतभन्दा बढेर २८४२ पुगेको छ । आर्थिक बर्ष २०७४–७५ मा १३३५ ऋणी कालोसूचिमा परेका थिए ।

बैंक तथा विक्तिय संस्थाको १० लाख भन्दा माथिको ऋण नतिरेकालाई सम्बद्व संस्थाको सिफारिशमा कर्जा सुचना केन्द्रले कालोसूचिमा राख्ने गर्दछ ।

कालोसूचिमा परेका ऋणीहरुले सो सूचिबाट नहटेसम्म बैंक तथा विक्तिय संस्थाबाट ऋण नपाउने व्यवस्था गरिएको छ । कर्जा सूचना केन्द्रका अनुसार कालोसूचिमा पर्ने अधिकांश ऋणीहरु कम्पनी प्रयोजनकालागि कर्जा लिएका तर पैसा नतिर्नेहरु रहेका छन् ।

एकै आर्थिक बर्षमा कालोसूचिमा पर्ने ऋणीहरुको संख्या दोब्बर हुँदा बैंकहरुले निस्क्रिय कर्जा बढ्दै गएको आशंका अब्जिएको छ । आर्थिक अभियान पत्रिकाबाट


३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !
३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !

दाङ । घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहेको तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण स..

मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !
मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्..

संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !
संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संविधान दिवसका लागि सरकारले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी नहुने भएका छन्। नेपालको संविधान जारी भएको ३ असो..

जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !
जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !

काठमाडौं । निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्..