नरेन्द्र मोदीले हैदरावादमा स्वीच थिचेर पाईपलाइनबाट नेपालतर्फ तेल पठाउँदै


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
नरेन्द्र मोदीले हैदरावादमा स्वीच थिचेर पाईपलाइनबाट नेपालतर्फ तेल पठाउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वीच थिचेर अन्तरदेशीय पेट्रोलियम पाइपलाईनबाट नेपालतर्फ पेट्रोलियम पदार्थ पठाउँदैछन् ।

आज मध्यान्ह सवा १२ बजे शिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र हैदरावादबाट भारतीय प्रधानमन्त्री मोदीले एकैसाथ स्वीच थिचेर पाइपलाईनको उद्घाटन गर्दैछन् ।

नेपाल र नेपालीका लागि बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको पेट्रोलियम पाइपलाईन भारत सरकारले ४ अर्ब ४० करोड रुपैयाँमा निर्माण र विस्तार गरिदिएको हो ।

यो पाइपलाईन भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको छ । अब बाराको अमलेखगञ्जबाटै मुलुकका अन्य भू–भागसम्म ट्यांकरबाट पेट्रोलियम पदार्थ वितरण गर्न सकिनेछ । यसअघि नेपाललाई आवश्यक तेल लिन ट्यांकरहरु मोतिहारीसम्म पुग्नुपर्थ्यो । 

आज भिडियो कन्फ्रनेन्सबाट दुबै देशका प्रधानमन्त्रीले एकैसाथ पाइपलाईन उद्घाटनको स्वीच दबाउनेछन् । दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप 'अन' हुने र सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ुरिसिभु स्विच थिचेपछि नपालको अमलेखगञ्जमा तेल झारिने गरी तयारी छ । 

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रनेछ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ। यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ। मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ। 

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने नेपाल आयल निगमले जानकारी दिएको छ। पाइपलाईनबाट पेट्रोलियम पदार्थ ल्याएपछि वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । यससँगै इन्धनको मूल्य समेत समायोजन हुनेछ । 

निगम र भारतीय आयल कर्पोरेसनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएपनि विविध कारणले एक दशकभन्दा बढी समयसम्म काम हुन सकेको थिएन ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेका थिए।


आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच स..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र..

सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज शुक्रबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीआार पनि तोलामा २..

आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ र..