कास्की क्षेत्र नं. २ मा नेकपाका बामदेव गौतम र साझा पार्टीका रविन्द्र मिश्र भिड्ने 


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
कास्की क्षेत्र नं. २ मा नेकपाका बामदेव गौतम र साझा पार्टीका रविन्द्र मिश्र भिड्ने 

काठमाडौं । कास्की क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रको उपचुनावमा सत्तारुढ नेकपाले बामदेव गौतमलाई उम्मेदवार उठाउने भएको छ । 

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले तयारी थाल्दै गर्दा कास्की–२ मा नेकपाले नेता गौतमलाई उम्मेदवार बनाउने निश्चित जस्तै देखिएको छ । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले धनराज गुरुङ र साझा पार्टीले संयोजक रविन्द्र मिश्रलाई चुनावी मैदानमा उतार्दैछ ।

रविन्द्र अधिकारीको मृत्युलगत्तै रिक्त स्थानमा चुनाव उठ्ने हल्ला चलाईँदा गौतमले यसको प्रतिवाद गरेका थिए ।

रविन्द्र अधिकारीकै परिवारका सदस्य राजनीतिक प्रतिष्पर्धाको लागि योग्य रहेको र त्यस क्षेत्रमा पार्टीकै स्थानीय नेताहरु समेत रहेकाले बाहिरबाट गएका उम्मेदवारलाई अस्वीकार गर्ने कास्कीका जनताले बताउँदै आएका छन् ।  
 


'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने
'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। समाजवादी पार्टीको केन..

जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'
योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'

काठमाडौं । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा दुव्र्यवहार भोगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजी सचिवालयमार्फत विज्ञप्ति निकालेका छन् । ..

कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 
कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथि सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको विरोधमा आज (आइतबार) बसेको संसद बैठक अवरुद्ध पारेको..