जागिर लगाईदिने भन्दै ८० हजार घुस लिएपछि...


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
जागिर लगाईदिने भन्दै ८० हजार घुस लिएपछि...

राजविराज । करारमा कर्मचारी भर्ना गरिदिने भन्दै ८० हजार रुपैयाँ घुस लिईरहेका बेला नेपाल विद्युत प्राधिकरण, सिरहा वितरण केन्द्रका एक जना कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । 

घुस लिँदै गर्दा प्राधिकरणका तृतीय तहका कर्मचारी छेदि साह सुनारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

शाहले विष्णुपुर गाउँपालिका–१, विष्णुपुर चोकस्थित शहिद गेट नजिकको उत्तम मिष्ठान भन्डारमा जागिर लगाईदिने भन्दै रकम असुलिरहेका थिए । यसअघि देखि नै शाहले जागिरको आश्वासन दिँदै विभिन्न मानिसहरुबाट लाखौं रकम असुलेको प्रहरीले जनाएको छ ।  

पटक–पटक नगद तथा बैंक दाखिलासमेत गरी दुई जनासँग प्रतिव्यक्ति १ लाख ५० हजारका दरले ३ लाख लिइसकेको र फेरि एक जनासँग ३०  हजार र अर्कासँग ५० हजार गरी ८० हजार रुपैयाँ घुस माग गरेको प्रमाण फेला परेपछि अख्तियारले उनलाई पक्राउ गरेको हो । 

घुुसवापतको ८० हजार रुपैयाँ रकमसहित पक्राउ परेका शाहमाथि थप अनुसन्धान भईरहेको छ ।


बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..

सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ
सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

काठमाडौं । सहकारीबाट सेफ चोरेको आरोपमा दुई जना पक्राउ परेको छ ।  पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर रहेको प्रहरीले जनाएको हो । उनीहरुलाई महान..