प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्दैछन् : डब्लुएचओ 


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्दैछन् : डब्लुएचओ 

काठमाडौं । विश्वभर हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्कअनुसार संसारभर बर्षेनी आठ लाख मानिसहरुले आत्महत्या गर्ने गर्छन् । 

झट्ट सुन्दा आत्महत्या गर्नेको संख्या निकै धेरै रहेपनि यो भन्दा बढी मानिसहरुको मृत्यु विभिन्न घटनाहरुमा परेर हुने गरेको छ । मानिसको मृत्युका मुख्य कारण युद्ध, हत्या, स्तन क्यान्सरलगायत नै रहेको डब्लूएचओले जनाएको छ । 

राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ । तर जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

डब्लूएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भने ‘प्रतिरोध बढ्दो क्रममा छ, हरेक ४० सेकेण्डमा आत्महत्याका कारण एक जनाको मृत्यु हुनेगरेको छ ।’

तर आत्महत्या दर कम भएका देशमा प्रत्येक एक लाखमा औसत पाँच जनाले आत्महत्या गर्ने गरेका र सबैभन्दा बढी गुयानामा औसत ३० जनाले आत्महत्या गर्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ । तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ ।  

संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो छ । पछिल्लो छ वर्षको अवधिमा छ प्रतिशतकै दरले आत्महत्या गर्नेको सङ्ख्या बढेको अधिकारीहरूले जनाएका छन् ।

रिपोर्ट अनुसार झण्डै ३८ देशमा आत्महत्या गर्नेको संख्या घट्दो छ, अन्य देशहरुले पनि उनीहरुका उपाय सिक्नु पर्ने देखिन्छ । 


हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था
हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था

हङकङ । हङकङमा मंगलबार बिहानै रेल दुर्घटना भएको छ ।  एमटीआर कर्पोरेसन संचालक रहेको एक रेल मंगलबार बिहानै लिग बाहिर खसेर दुर्घटनामा परेको एससीएमपीले जनाएको छ । रेल दुर्घ..

यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 
यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 

इस्लामावाद । कार लगेर पैसा नदिएपछि पाकिस्तानी रेलमन्त्री शेख राशिद अहमदले संसद भवनमै बेइज्जती सहनुपरेको छ । विद्युतीय सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको भिडियो फुटेजमा नुर र..

ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..