नेपाली कांग्रेसले दोस्रो चरणकोे जागरण अभियान आजदेखि शुरु गर्दै, कुन नेताले कहाँ गर्दैछन् सम्बोधन 


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
नेपाली कांग्रेसले दोस्रो चरणकोे जागरण अभियान आजदेखि शुरु गर्दै, कुन नेताले कहाँ गर्दैछन् सम्बोधन 

काठमाडौं । नेपाली कांग्रेसले आज (मंगलबार) देखि दोस्रो चरणको राष्ट्रिय जनजागरण अभियान शुरु गर्दैछ । 

‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणअन्तर्गत विभिन्न जिल्लामा हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरणको अभियानको उद्घाटनमा कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नेछन्।

जागरण अभियानको दोस्रो चरणको प्रारम्भमा बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतिकस्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा ९जम्मा ३४ हजार ९ सय ८०० देशभर रोपेर अभियान उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।


मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन
कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ।  सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपु..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..