वी.पी.को जन्मजयन्तीमा तरुण दल अध्यक्षले भने–'कम्युनिष्ट कुशासनको जञ्जीर तोडौं !' 


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
वी.पी.को जन्मजयन्तीमा तरुण दल अध्यक्षले भने–'कम्युनिष्ट कुशासनको जञ्जीर तोडौं !' 

काठमाडौं । जननायक वी.पी. कोइरालाको १०६औं जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले कम्युनिष्ट कुशासनको जञ्जीर तोड्नु देशभरका कार्यकर्तालाई आब्हान गरेका छन् । 

एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष बस्नेतले कम्युनिष्ट कुशासनको जञ्जीर तोडी लोकतन्त्रको रक्षा गर्न आजको दिनले उत्साह जोश र हौसला प्रदान गरोस भनी कामना गरेका छन् । 

नेपाली जनताको स्वतन्त्रताको लागि जीवनभर संघर्षशील प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाले बाटो देखाएका र सोही बाटोबाट नेपाली तरुणहरु अघि बढ्नुपर्ने अध्यक्ष बस्नेतले विज्ञप्तीमा उल्लेख गरेका छन् । 

आजैदेखि देशव्यापी रुपमा शुरु भएको कांग्रेसको राष्ट्रिय जनजागरण अभियानमा सक्रियताका साथ सहभागी हुन पनि तरुण दल अध्यक्ष बस्नेतले निर्देशन दिएका छन् ।


रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..