चीनियाँ विदेशमन्त्री वाङ भेट्न मेरियट होटलसम्म प्रचण्डको दौडधुप


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
चीनियाँ विदेशमन्त्री वाङ भेट्न मेरियट होटलसम्म प्रचण्डको दौडधुप

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेरियट होटल पुगेर चीनियाँ विदेशमन्त्री वाङ यी सँग भेट गरेका छन् । 

सामान्यतयाः तल्लो ओहोदाका विदेशी अधिकारीहरु आफैंले भ्रमण गरेको देशका बरिष्ठ राजनीतिज्ञ र सरकार प्रमुख/पूर्वप्रमुखहरुलाई भेट्ने चलन छ ।

यो पनि पढ्नुहोस : झुठ बोलेका प्रचण्ड फेरि नाङ्गिए, एस जयशंकरलाई बालुवाटार पुगेरै भेटेको पुष्टि (प्रमाणसहित)

तर, यसअघि पनि भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरलाई बालुवाटार पुगेर सुटुक्क भेट गरी निस्किएका पूर्वप्रधानमन्त्री प्रचण्डले यसपटक चीनियाँ विदेशमन्त्री वाङसँग नक्सालस्थित मेरियट होटलमै पुगेर भेटेका हुन् । 

भारतीय विदेशमन्त्री जयशंकरलाई आफैंले बालुवाटार पुगी भेटेपनि प्रचण्डले त्यतिखेर मर्यादाका हिसाबले आफुले जयशंकरलाई नभेटेको दाबी गरेका थिए ।

तर प्रचण्डले बालुवाटार नै पुगेर जयशंकरलाई भेट गरेको खबर नेपालपानाबाट सार्वजनिक भएको थियो ।

यो पनि पढ्नुहोस : किन रिसाउँदैछन् माधव नेपाल ? 'जयशंकर फ्याक्टर'  ले यसरी निम्त्यायो विवाद


रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..