माेदीका कारण नेपाल र नेपालीलाइ फाइदा, तीन कराेड नेपाली मालामाल


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
माेदीका कारण नेपाल र नेपालीलाइ फाइदा, तीन कराेड नेपाली मालामाल

काठमाडौं । भारत सरकारले ५ सय ६० करोड नेपाली रुपियाँ खर्च गरेर बनाइदिएको ‘मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन’ले करोडौँ रुपियाँ बचत हुने भएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ ल्याउने क्रममा बीच सडकमै वार्षिक रुपमा करोडौँ रुपियाँको तेल चोरी हुने गरेको थियो । भारतले पाइपलाइन निःशुल्क रुपमा बनाइदिएपछि त्यो पैसा बचत हुने भएको छ ।

नेपाल आयल निगमका अनुसार मंगलबारदेखि भारतबाट अमलेखगञ्ज डिपोमा तेल ल्याउन सजिलो भएको छ । शुरुवाती दिनमा डिजेल ल्याइनेछ । क्रमशः पेट्रोल र मट्टितेल पनि ल्याइनेछ ।

भारतले बनाइदिएको पाइपलाइनबाट झण्डै ३ करोड नेपाली जनतालाई लाभ हुनेछ । पाइपलाइनले तेल चोरी गरेर खान पल्किएका ट्याङ्कर मालिक, चालक र नेपाल आयल निगमका कर्मचारीहरूको थोरै भएपनि खेतपाती बन्द हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय र निर्देशनमा समय अगावै काम पूरा भएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनले नेपालको अर्थतन्त्रलाई पनि थोरै भएपनि राहत दिनेछ ।

भारतले बनाइदिएको यो पाइपलाइनले नेपाली जनताको खल्तीमा बचत हुने निश्चित छ । 

मंगलबार मात्रै डिजल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २–२ रुपियाँ घटाइएको छ । 

पेट्रोलियम पदार्थको मूल्यमा आउने दिने अझ धेरै घटने निश्चित छ । पाइपलाइनको निर्माणले अबको दुई वर्षपछि एक नेपालीले मासिक कम्तीमा पनि ५ सयदेखि १ हजार रुपियाँसम्म बचत हुने अनुमान जानकारहरूले गरेका छन् ।

साथै नेपाल सरकारलाई पनि यसले वार्षिक रुपमा अर्वौं रुपियाँको बचत हुने निश्चित छ ।


मोटरसाइकलको ठक्करबाट पैदलयात्री ठहरै
मोटरसाइकलको ठक्करबाट पैदलयात्री ठहरै

सर्लाही । मोटरसाइकलको ठक्करबाट बिहीबार दिउँसो एक जना पैदलयात्रीको मृत्य भएको छ । मलंगवा नगरपालिका ११ गम्हरियास्थित मलंगबाट नवलपुरतर्फ जाँदै गरेको ना।४३ प ५६९१ नं।को मोटरसाइ..

घुस रकमसहित प्रहरी असई परे अख्तियारको फन्दामा
घुस रकमसहित प्रहरी असई परे अख्तियारको फन्दामा

विराटनगर । विराटनगरस्थित घाँस चौकबाट प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल अख्तियारको फन्दामा परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय..

सिरहाबाट ब्राउन सुगरसहित ४ जना पक्राउ
सिरहाबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

सिरहा । ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार नगरपालिका–३ का १८ वर्षीय मनिष श्रेष..

चिनियाँ राजदूतले मन्त्रीलाई मन्त्रालय पुगेरै मदिरा उपहार दिएपछि...
चिनियाँ राजदूतले मन्त्रीलाई मन्त्रालय पुगेरै मदिरा उपहार दिएपछि...

काठमाडौँ । चिनियाँ राजदूत होउ यानछीले केपी ओली नेतृत्वको नवनियुक्त मन्त्रीलाई मदिरा उपहार दिएकी छन्।  राजदूत यानछीले हिजो (मंगलबार) मन्त्रालय नै पुगेर श्रम, रोजगार तथा..