मर्यादा भुल्ने दुइतिहाइकाे सरकारलाई कांग्रेस युवा नेता शाहले दिए सधैँ पुग्ने गरी सुझाव, किसान पनि खुशी !


नेपालपाना प्रकाशित: २०७६-५-२५ गते
मर्यादा भुल्ने दुइतिहाइकाे सरकारलाई कांग्रेस युवा नेता शाहले दिए सधैँ पुग्ने गरी सुझाव,  किसान पनि खुशी !

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता अभिषेकप्रताप शाहले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले चीन र भारतका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदा प्रोटोकललाई ध्यान नदिएको भन्दै चिन्ता जनाएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहले चीन र भारतका विदेशमन्त्रीको स्वागतमा विभेद गरिएको बताए । उनले दुई देशका विदेश मन्त्रीलाई गरिएको भेदभावले नेपालको कुटनीतिक समस्या भएको बताए ।

‘भारतको विदेश मन्त्री आउँदा एउटा कर्मचारीलाई स्वागत गर्न पठाउने । चीनको विदेश मन्त्री आउँदा स्वागत गर्न मन्त्री पठाउने’, उनले भने, ‘प्रोटोकलको कुरामा जस्टिसको आधारमा हुनुपर्छ । त्यो भएन ।’

भारतको विदेशमन्त्री एस जयशंकरलाई परराष्ट्र सचिव र चीनका विदेश मन्त्रीलाई राज्यमन्त्रीले स्वागत गरेका थिए ।

नेपाली कांग्रेसका सांसद शाहले कपिलवस्तु र कञ्चनपुरका उखुकिसानले पाँच वर्षदेखि पैसा नपाएको भन्दै आक्रोश जनाएका छन् । सांसद शाहले उखुको पैसा माग गरेर विगत पाँच वर्षदेखि आन्दोलनरत किसानलाई दशैँ अगाडि पैसा उपलब्ध गराउन सरकारसँग माग गरे ।

‘किसानलाई दिनुपर्ने पैसा धेरै पनि छैन । जम्मा दुई करोड पचास लाख जति छ । रकम थोरै हो । तर, किसानका लागि महत्व राख्छ’, उनले भने, ‘उखु किसानहरूले पाँच वर्ष आन्दोलन गरेको भइसक्यो । कपिलवस्तु र कञ्चनपुरका उखु किसानलाई ब्याजसहित पैसा दिनुपर्छ ।’

‘सरकारप्रतिको विश्वास घटेको छ । आन्दोलनरत किसानलाई सिडिओले आश्वासन दिए । पैसा अहिलेसम्म पुगेको छैन’, कांग्रेसका सांसद शाहले भने, ‘सरकार गम्भीर छ भने दशैँभन्दा अगाडि नै पैसा दिइयोस् ।’

सांसद शाहले कपिलवस्तुसहित तराईका जिल्लामा पानी नपरेका कारण धानबालीमा नोक्सानी भएको बताएका छन् । उनले तराईका जिल्लाहरूमा संसदीय टोली पठाएर अध्ययन गरी ती जिल्लालाई सुख्खाग्रस्त घोषणा गरेर किसानलाई राहत दिन माग गरेका छन् ।


रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..