एकताको काम टुङ्ग्याउन नेकपा सचिवालय बैठक बस्दै


नेपालपाना प्रकाशित: २०७६-५-२५ गते
एकताको काम टुङ्ग्याउन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज (बुधबार) दिउँसो चार बजे बस्दैछ । 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपश्चात बाँकी रहेको एकताका काम टुंग्याउन बैठक डाकिएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आज प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगको एकताबारे छलफल हुनेछ । 

नेकपाले यसअघि नै पार्टी एकताका महत्वपूर्ण कामहरु भने टुङ्गयाइसकेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेकै बेला यसअघि भदौ ९ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।

दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सह–इञ्चार्जमा केही हेरफेर गरेको थियो। सो बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएकाले पार्टीभित्र छलफल गरेर मात्र हरेक विषय सार्वजनिक गर्ने निर्णय समेत गरेको थियो । 

प्रधानमन्त्री उपचारबाट फर्केपछि पहिलोपटक सचिवालयको बैठक बस्न लागेको हो। ओली उपचारका लागि सिङ्गापुर गएको दिन गत भदौ ५ गते पनि सचिवालय बैठक बसेको थियो।


'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने
'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। समाजवादी पार्टीको केन..

जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'
योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'

काठमाडौं । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा दुव्र्यवहार भोगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजी सचिवालयमार्फत विज्ञप्ति निकालेका छन् । ..

कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 
कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथि सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको विरोधमा आज (आइतबार) बसेको संसद बैठक अवरुद्ध पारेको..