रुख ढलेर किच्दा बालकको मृत्यु, एक जना घाइते


नेपालपाना प्रकाशित: २०७६-५-२५ गते
रुख ढलेर किच्दा बालकको मृत्यु, एक जना घाइते

घोराही । दाङको बंगलाचुली गाउँपालिका– ६ सोतीटोलमा रुख ढलेर किच्दा एक बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन् । 

स्थानीय खमारी च्युुरिडाँडा प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी रुख ढलेर हरिप्रसाद खत्रीका १० वर्षीय छोरा सुजन खत्री र दुुर्गा खत्रीका ९ वर्षीय छोरा तिलक खत्री माथि बज्रिएको थियो । 

रुखले च्याप्दा सुुजनको घटनास्थलमै ज्यान गएको हो । घटनामा गम्भीर घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..

सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ
सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

काठमाडौं । सहकारीबाट सेफ चोरेको आरोपमा दुई जना पक्राउ परेको छ ।  पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर रहेको प्रहरीले जनाएको हो । उनीहरुलाई महान..