अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना


नेपालपाना प्रकाशित: २०७६-५-२७ गते
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ मा रहेको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्न थालेको हो ।

दैनिकजस्तो बालबालिकामा देखिने कमलपित्तलगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरामा प्रतिबन्ध गरिएको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेल्धुराका प्राचार्य चन्द्रबहादुर साहुले बताए । 

विद्यालय परिसरमा यस्ता खानेकुरा खान रोक लगाएपछि छात्रछात्रामा पत्रु खाना खाने प्रवृत्तिमा कमी आएको प्राचार्य साहुले बताए । अहिलेसम्म २०० विद्यार्थीलाई जरिबाना गरिसकेको उनले जानकारी दिए।

पहिले-पहिले त नियन्त्रणमा ल्याउन समस्या आए पनि आजभोलि विद्यालय समयमा पत्रु खाना खाने बानीमा उल्लेख्य मात्रामा कमी आउँदै कक्षा १० मा अध्यनरत छात्रा वसन्ती ताम्राकारले बताए ।


नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास
नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको दार्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् । परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध..

प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 
प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 

काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिँदैछ ।  मिर्गौलाले कामै गर्न छाडेपछि हिजो (बुधबार) धापासीस्थित ग्राण्डी अस..

किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने
किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने

काठमाडौं । किडनी (मिर्गौला) ले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालले आइसीयूमा राखेको छ । हिजो (बुधबार) दिउँसो दुई बजेतिर ओलीको आकस्मिक डायलाइस..

कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने
कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने

काठमाडौं । कोरियाले नेपालमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ ।  नेपालमा स्वास्थ्य बीमा कार्यक्रमलाई जनसमक्ष प्रभावकारी बनाउन उक्त प्रोजेक..