एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 


नेपालपाना प्रकाशित: २०७६-५-३० गते
एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 

काठमाडौं । भारतीय ध्वजावाहक सरकारी वायुसेवा एअर इन्डियाले १ बर्षको अवधिमा ८४ अर्ब भारतीय रुपैयाँ घाटा ब्यहोरेको छ । 

अत्याधिक सञ्चालन खर्च र विदेशी मुद्रा विनिमयदरमा भएको गिरावटका कारण सरकारी कम्पनीले अत्याधिक नोक्सानी ब्यहोर्नुपरेको हो । एअर इन्डियाले एक बर्षमा ब्यहोरेको घाटा बराबरको रकमबाट एक नयाँ वायुसेवा कम्पनी नै खरिद गर्न सकिने विश्लेषण भारतीय मिडियाहरुले गरेका छन् । 

आर्थिक बर्ष २०१८–१९ मा एअर इन्डियाले यो रकम बराबरकोे घाटा ब्यहोरेको हो । यो वायुसेवा कम्पनी लामो समयदेखि आर्थिक अभावसँग जुधिरहेको छ र ऋणको बोझले थिचिएको छ । 

निकै सफलतापूर्वक सञ्चालन भईरहेको भारतकै अर्को एअरलाइन्स स्पाइसजेटको बजार पूँजीकरण ७८ अर्ब ९२ करोड रुपैयाँको मात्रै छ । अर्थात एअर इन्डियाले  घाटा ब्यहोरेकोे ८० रुपैयाँभन्दा कममै यो विमान कम्पनी खरिद गर्न सकिन्छ । 

गत बर्ष एअर इन्डियाको कूल आय २ खर्ब ६४ अर्ब रुपैयाँ थियो । यसक्रममा कम्पनीले ४६ अर्ब रुपैयाँ बराबरको सञ्चालन नोक्सानी ब्यहोर्नुपरेको छ । 
तेलको बढ्दो मुल्य तथा पाकिस्तानले भारतीय विमानका लागि एअरस्पेस बन्द गरिदिएपछि एअर इन्डियाले दैनिक ३ देखि ४ करोड रुपैयाँ घाटा ब्यहोरेको थियो ।

पाकिस्तानले भारतीय विमानका लागि एअरस्पेश बन्द गरिदिएपछि गत जुन महिनाको त्रैमासिकमा मात्रै २ अर्ब रुपैयाँ बराबरको सञ्चालन घाटा लागेको छ । यो कारणले मात्रै ४ अर्ब ९१ करोड रुपैयाँबराबरको घाटा भएको एअरलाइन्सका एक बरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

पछिल्ला बर्षहरुमा एअर इन्डियाले निकै ठूलो घाटाको सामना गर्नु परिरहेको छ । एअर इन्डिया अहिले ५ खर्ब ८० अर्ब रुपैयाँ बराबरको ऋणमा डुबिरहेको छ । ऋण चुकाउनका लागि कम्पनीले बर्षेनी ४० अर्ब रुपैयाँ खर्च गर्न परिरहेको छ ।


सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?
सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?

काठमाडौं । सुनको मूल्य आज नेपाली बजारमा नयाँ किर्तिमान कायम गरेको छ । सुनको मूल्य पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्..

सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर
सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ र..

सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?
सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ बुधबार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भाव..

लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !
लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !

काठमाडाैं । गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त कार्यक्रमले विपन्नको जीवनस्तर सुधार्ने होइन, उनीहरूलाई उल्टै ऋणको पासोमा पारेको छ । बैंकबाट दुई प्..