साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो


नेपालपाना प्रकाशित: २०७६-५-३० गते
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । 

बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ गत चार महिनाकै उच्च बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्यमा १९ प्रतिशतले बृद्धि भएको छ । 

गत शनिबार इरान समर्थित भनिएका यमनी हुथी बिद्रोहीहरुले साउदीको तेल भण्डारमा ड्रोन आक्रमण गरेका थिए । त्यसलगत्तै बढेको कच्चा तेलको भाउ आज प्रतिब्यारेल (सोमबार) सम्ममा ७१.९५ डलर पुगेको छ ।

अभाव पूर्ति गर्न अमेरिकाले आपत भण्डारबाट कच्चा तेल निकालेको छ । यसले विश्व बजारमा निकै बढिरहेको तेलको मूल्य नियन्त्रण गर्न केही सघाउ पुगेको छ । साउदी तेल भण्डारहरुले ड्रोन हमलाभन्दा पहिलेकै स्थितिमा तेल उत्पादन गर्न अझै केही साता कुर्नुपर्नेछ । 

साउदी अरबको तेल कम्पनी अरामकोका अनुसार हमलाका कारण तेलको उत्पादन घटेर प्रतिदिन ५ लाख ७० हजार ब्यारेलमा सीमित भएको छ । यो हमला त्यतिखेरै भएको थियो–जतिखेर तेल उत्पादक कम्पनी अरामकोले आफुलाई विश्वकै ठूलो पूँजीबजारमा स्थापित गर्ने कोशिस गरिरहेको थियो । 

साउदी अधिकारीहरुले तेल भण्डारमा लागेको आगो नियन्त्रण लिएको दाबी गरेका छन्, तर विश्लेषकहरुले चाहिँ स्थिति तत्काल सुध्रने छाँटकाँट नरहेको उल्लेख गरेका छन् ।

ड्रोन हमलाका कारण भएको नोक्सानी निकै ठूलो आकारको भएको र तेल आपूर्ति सामान्य अवस्थामा फर्कन कैयौं हप्ता लाग्न सक्ने उनीहरुको विश्लेषण छ । सबै कुरा सामान्य भएपनि कम्तिमा ६ प्रतिशतका दरले उत्पादनमा कमी आउने बताईएको छ ।

बीबीसीका कुटनीतिक मामिला संवाददाता जोनाथन मार्कसले ड्रोन हमलापछि मध्यपूर्वमा झनै अस्थिरता बढेको उल्लेख गरेका छन् । यमनका हुथी विद्रोहीले हमला गरेपनि अमेरिकाले इरानमाथि जोडतोडले यसको आरोप लगाएको छ । तर इरानले भने अमेरिकी आरोपलाई लगातार इन्कार गर्दै आएको छ । 

यो घटनापश्चात इरानले कसरी यमनका हुथी विद्रोहीहरुलाई सहयोग गरिरहेको छ भन्ने बहस पनि फेरि सतहमा ल्याईदिएको छ । गत बर्ष संयुक्त राष्ट्र संघकै अधिकारीहरुले इरान र यमनका हुथी बिद्रोहीहरुबीच निकै धेरै विषयहरुमा समानता रहेको संकेत गरिदिएका थिए ।

इरानले यमनमाथि लगाएको हतियार प्रतिबन्ध तोडेको र हुथी विद्रोहीलाई विभिन्न प्रकारका हतियार उपलब्ध गराएको आरोप खेप्दै आएको छ ।


सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?
सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?

काठमाडौं । सुनको मूल्य आज नेपाली बजारमा नयाँ किर्तिमान कायम गरेको छ । सुनको मूल्य पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्..

सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर
सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ र..

सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?
सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ बुधबार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भाव..

लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !
लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !

काठमाडाैं । गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त कार्यक्रमले विपन्नको जीवनस्तर सुधार्ने होइन, उनीहरूलाई उल्टै ऋणको पासोमा पारेको छ । बैंकबाट दुई प्..