ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 


नेपालपाना प्रकाशित: २०७६-५-३० गते
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षकलाई निर्घात कुटपीट गरि प्रहरीले हिरासतमा राखेको छ । 

यो पनि पढ्नुहोस : ईश्वर-निन्दाको आरोपमा हिन्दुहरुमाथि अत्याचार गर्दै पाकिस्तान, सिन्धमा ब्यापक दमन !

भारतले कश्मीरको विशेषाधिकार अन्त्य गरेपछि त्यहाँको मानवअधिकारलाई लिएर चिन्ता भएको जनाईरहेको पाकिस्तानले आफ्नै भूमीमा हिन्दु अल्पसंख्यकमाथि बर्बर अत्याचार गर्ने गरेको छ । पछिल्लो घटना पनि यसैको निरन्तरता हो । 

शिक्षक कुटिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

हिन्दु किशोरी र युवतीहरुलाई अपहरण गरी जबर्जस्ती धर्म परिवर्तन गर्न लगाई निकाह गर्ने, हिन्दु समुदायमा आक्रमण गरी बलात्कार र हत्या गर्ने एवं ईश्वर–निन्दाको आरोप लगाई तारान्तर हिन्दुहरुमाथि अत्याचार गर्ने क्रम पाकिस्तानमा बढ्दै गएको छ । 

यो पनि पढ्नुहोस : पाकिस्तानमा हिन्दुहरूमाथि आततायी दमन बढ्यो, दुई किशोरीको अपहरण गरि जबर्जस्ती 'निकाह'

पछिल्लो पटक यी प्रधानाध्यापकमाथि पनि ईश्वर–निन्दाको झुठो आरोप लगाई निर्घात कुटपिट गरिएको हो । ईश्वर–निन्दाको आरोप लगाई आफुमाथि आक्रमण भएपछि ती प्रधानाध्यापक हिक्का छोडेर रोएका थिए । 

यो पनि पढ्नुहोस : पाकिस्तानमा हिन्दुहरूमाथि अत्याचार भईरहँदा कतिञ्जेल आँखा चिम्लने ?

आफुमाथि यस्तो आरोप लाग्ला भनी कहिल्यै नसोचेको ती शिक्षकले बताएका छन् । स्थानीय मुस्लिम कट्टरपन्थी नेताको उजुरीका आधारमा प्रहरीले ती शिक्षकलाई गिरफ्तार समेत गरेको छ ।

 


दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियामा कोरोनाको त्रास बढेपछि २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह गरेका छन् । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ-जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीव..

पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने
पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने

चीन । चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दिने भएको छ । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका हो ।  ..

अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए
अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् । यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त..

पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत
पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत

इस्लामावाद । मुस्लिम राष्ट्र पाकिस्तानमा हिन्दु समुदायको आन्दोलन चर्किएको छ । मुसलमानहरुले आफूमाथि ज्यादती गरेको र राज्यले समेत त्यसलाई सहयोग गरेको भन्दै हिन्दुहरु आन्दोलनमा उ..