छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा


नेपालपाना प्रकाशित: २०७६-५-३० गते
छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा

तानसेन । हृदयघातका कारण छोराको मृत्युपश्चात बाबुले पनि आत्महत्या गर्दा पाल्पाको रामपुर नगरपालिका–१० हेक्लाङ् गाउँ शोकमग्न बनेको छ । 

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाको गति शनिबार हृदयघातका कारण मृत्यु भएको थियो । ४० बर्षकै उमेरमा छोराको मृत्यु भएपछि त्यसलाई समन गर्न नसकी तिमिल्सिनाका पिता ६५ बर्षीय भिमराजले पनि आज (सोमबार) आत्महत्या गरेका हुन् । 

भिमराजका छोरा कृष्णप्रसादले पाल्पाको नर्सिङ कलेज र मिलेनियम कलेजमासमेत अध्यापन गराउने गर्थे भने तानसेनस्थित सूर्योदय केवल टेलिभिजनका अध्यक्ष पनि थिए ।

अल्पायुमै छोराका निधन भएपछि कृष्णका पिता भिमराज विक्षिप्त बनेका थिए । तीन दिनकै बीचमा बाबु–छोराकै मृत्यु भएपछि अहिले हेक्लाङ शोकमा डुबेको छ ।


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..