हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था


नेपाल पाना प्रकाशित: २०७६-५-३१ गते
हङकङमा रेल दुर्घटना, यस्तो छ अवस्था

हङकङ । हङकङमा मंगलबार बिहानै रेल दुर्घटना भएको छ । 

एमटीआर कर्पोरेसन संचालक रहेको एक रेल मंगलबार बिहानै लिग बाहिर खसेर दुर्घटनामा परेको एससीएमपीले जनाएको छ । रेल दुर्घटनापछि एमटीआर कर्पोरेसनले हङकङ समयअनुसार बिहान साढे ८ बजेबाट त्यहाँका मङ कक इस्ट तथा हुङ होम रेल स्टेसन बन्द गरिएको जनाएको छ ।

हङकङक यातायात मन्त्रालयका सचिव साढे १० बजे घटनास्थलमा पुगेका थिए । उनका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् । रेलले लिग परिवर्तन गर्ने स्थानमा दुर्घटना भएका कारण अन्य रेलका सेवाहरु त्यहाँ अवरोध भएका छन् ।

रेल कसरी लिग बाहिर खस्यो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको एमटीआर कर्पोरेसनले जनाएको छ । एक यात्रुले भने रेल दुर्घटना पूर्व त्यहाँ विस्फोटनको आवाज सुनेको एससीएमपीलाई बताएका छन् ।

रेलवे ट्रेड युनियन संघ हङकङका उपप्रमुख टान किन–चिउनका अनुसार रेलको मर्तत तथा त्यो पूर्ण रुपमा सामान्य भएपछि मात्र उक्त रेललाई चल्न दिइने छ । रेलका डब्बा जुन लिग बाहिर खसेका थिए त्यहाँ ४० देखि ५० यात्रु थिए । उनीहरु सबैको अवस्था सामान्य भएको बताइएको छ ।


कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..

आतंकवादबारे पाकिस्तानले झुठ बोल्यो, एफएटीएफको 'ग्रे लिस्ट' मै रहने पक्कापक्की 
आतंकवादबारे पाकिस्तानले झुठ बोल्यो, एफएटीएफको 'ग्रे लिस्ट' मै रहने पक्कापक्की 

इस्लामावाद । आतंकवाद नियन्त्रणका लागि दिइएको समयवधी सकिँदै गर्दा पाकिस्तानले झुठ बोलेको आरोप लागेको छ ।  फाइनान्सियल एक्सन टास्क फार्स (एफएटीएफ) ले पाकिस्तानलाई अहिले..