सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-५-३१ गते
सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

काठमाडौं । सहकारीबाट सेफ चोरेको आरोपमा दुई जना पक्राउ परेको छ । 

पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर रहेको प्रहरीले जनाएको हो । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुई जना दाजुभाइ हुन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उपत्यकका विभिन्न ठाउँका सहकारी र वित्तिय संस्थाको ढोका फोडेर सेफसहित नगद चोरी गरेको घटना प्रहरीकहाँ आएपछि निगरानी बढाइएको थियो ।

त्यसक्रममा २५ भदौमा पेप्सिकोला, टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर भएको चोरीमा दाजुभाइको संलग्नता देखिएको थापाले बताए ।

उनका अनुसार उक्त सहकारीबाट फलामको ८५ केजी बराबरको सेफ तथा त्यसमा रहेको ७ लाख ७९ हजार ९ सय ९२ रुपैयाँ चोरी भएको थियो । उनीहरूले अन्य व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सरसामान पनि चोरी गरेको जनाइएको छ ।

प्रहरीले उनीहरुको साथबाट चोरी गरी लगेको फलामको सेफ र फोड्न प्रयोग हुने रड, नगद ५३ हजार लगायत पनि बरामद गरेको छ । चोर्दा उनीहरुले लगाएको कपडा पनि बरामद भएको जनाइएको छ ।


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..