बिरामी बोकेको जीप अक्करको भीरबाट खस्यो, ६ जना बेपत्ता 


नेपालपाना प्रकाशित: २०७६-६-१ गते
बिरामी बोकेको जीप अक्करको भीरबाट खस्यो, ६ जना बेपत्ता 

संखुवासभा । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अक्करेको भीरबाट खसी अरुण नदीमा बेपत्ता भएको छ । 

धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट मंगलबार राती साढे १० बजेतिर अरुण नदीमा जीप खसेको हो । जीपसँगै त्यसमा सवार ६ जना पनि बेपत्ता भएका छन् । उक्त जीप चालक सन्तोष विकले चलाएका थिए । 

बिरामी बोकेको जीप अरुण नदीमा खसेर बेपत्ता भएपछि खाँदबारीबाट खटिएको टोलीले रातभर खोजी गरेको थियो । तर निरन्तरको बर्षाका कारण निकै ठूलो बनेको अरुण नदीमा जीपको सबै भाग डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । 

हालसम्म चालक सन्तोष विकको बाहेक जीपमा सवार अन्यको नाम खुलेको छैन ।


नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु
नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो..

लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूर..

डा. बिनोद शाहबाट क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी
डा. बिनोद शाहबाट क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी

काठमाडौं । डा. बिनोद शाहले क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी दिएका छन् ।  बर्तमान क्षेत्रीय उप संयोजक अमेरिकाका नवीन शेरचनको समर्थनमा शाहले उम्मेदवारी दिएका हुन..

दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..